आजदेखि मेलम्चीको पानी काठमाण्डौंका घरघरमा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७९ वैशाख ११ आइतवार ०६:२५ बजे

आजदेखि मेलम्चीको पानी काठमाण्डौंका घरघरमा

राष्ट्रिय गौरवको आयोजना मेलम्चीको खानेपानी आजदेखि काठमाण्डौंका उपभोक्ताको धारा धारामा वितरण गरिदैछ । खानेपानीमन्त्री उमाकान्त चौधरीले नयाँ बानेश्वरस्थित वितरण केन्द्रबाट पानी उपभोक्ताको धारामा छोड्ने कार्यक्रम छ ।

बाढीले पुरिएका संरचना निकालेर १० महिनापछि मेलम्चीको पानी पूनः काठमाण्डौ ल्याइएको हो । गत असार १ गते आएको बाढीले यसअघि तीन महिना सञ्चालन भईसकेको यस आयोजना नराम्ररी प्रभावित भएको थियो । त्यसयता प्रभावित आयोजना शेरबहादुर देउवा नेतृत्वको बर्तमान सरकारले चैत मसान्तभित्रै काठमाण्डौमा मेलम्चीको पानी ल्याउने उद्घोष गरेको थियो । सोहि समयतालिकाभित्रै पानी मेलम्ची खोलाबाट काठमाण्डौंतर्फ पथान्तरण गरेपनि हाल मात्रै पानी उपभोक्ताको बिचमा आएको हो ।

काठमाण्डौंको सुन्दरीजलस्थित आयोजनाको पानी प्रशोधन केन्द्रमा जम्मा गरिएको पानी आयोजना कार्यान्वयन निर्देशनालय पिआईडीको पाईपलाईन हुदै पानी केयुकेयलको पानीट्यांकीसम्म पानी ल्याइएको छ । सोहि पानी मन्त्री चौधरीले उपभोक्ताका लागि छोड्दैछन् । मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट यसरी पानी काठमाण्डौं ल्याइएको छ । भिडियोमा हेर्नुहोस्


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट