नागढुंगा सुरुङमा स्थानीयको तोडफोडले विदेशी लगानीकर्तामा कस्तो सन्देश जाला ? (भिडियोसहित)


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७९ वैशाख १० शनिवार ०८:११ बजे

नागढुंगा सुरुङमा स्थानीयको तोडफोडले विदेशी लगानीकर्तामा कस्तो सन्देश जाला ? (भिडियोसहित)

जापनीज सहयोग नियोग जाईकाको १६ अर्ब ऋण सहयोग र नेपाल सरकारको ६ अर्ब सहित २२ अर्बमा निर्माणाधिन नागढुंगा सुरुङमा स्थानीयवासीको तोडफोडले २८ चैतदेखि एक हप्ता काम रोकियो । हाल काम सुचारु भएपनि उक्त घट्नाले अन्तर्राष्ट्रिय लगानीकर्तामा निरासा उत्पन्न गराएको जानकारहरु बताउछन् ।

प्रसंग थियो, खानेपानीको । काठमाण्डौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ का स्थानीय आफुहरुको खानेपानीको मुहान सु्केको भन्दै आयोजनाको पूर्वी खण्डमा रहेको साईट कार्यालयमा पुगे । विगतमा पटक पटक पानीको समस्याबारे जानकारी गराउदा पनि आयोजनाले पर्याप्त पानी उपलव्ध नगराएको भन्दै आक्रोसित भिडले जापनीज प्राविधिक बस्ने कार्यालयदेखि नेपाल सरकारको सम्पर्क कार्यालयमा तोडफोड गर्यो । आयोजनाले खानेपानी समस्या समाधान गर्ने भएपछि स्थानीय पछि हटे । आन्दोलित स्थानीयको तोडफोडले जापनीज कन्सल्ट्यान्ट प्रमुखकको कार्यालय तोडफोड भएपछि उनले स्वदेश फर्किने बताएको र आफूहरुले सम्झाएर काममा फर्काएको आयोजनाका कार्यकारी निर्देशक नरेशमान शाक्यले बताए । ‘यसप्रकारको गतिविधिले यति नकारात्मक सन्देश जान्छ कि,नेपालमा कुनैपनि विदेशी कम्पनीले काम गर्न दश पटक सोच्छन्’ उनले भने । एक्कासी गएर तोडफोड गर्नु दुखदायी भएको र राष्ट्रिय बेईज्जती विदेशीसामु हुन गएको निर्देशक शाक्यले बताए ।

४२ महिना निर्माण अवधि तोकिएको यस आयोजना २०७६ कात्तिकमा शिलान्यास भएको हो । जापानिज ठेकेदार कम्पनी हाज्मा एन्डो जेभीले सुरुङ निर्माणकार्य अघि बढाईरहेको छ । नेपालको सडक पूर्वाधारमा यो पहिलो र ‘ओभरफ्लाइ’ सहितको सुरुङमार्ग भएकाले पनि धेरैको नजर यसतर्फ छ । निर्माणस्थलमा स्थानीयको अवरोधपछि उत्पन्न परिस्थिति र सहमति के भयो भनेर हामीले नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक नरेशमान शाक्यसँग कुरा गरेका छौँ ।

भिडियोमा हेर्नुहोस् ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट