यसरी पक्राउ परे पासवान दम्पती


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ चैत २ बुधवार ०८:५५ बजे

यसरी पक्राउ परे पासवान दम्पती

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले फरार रहेका एक दम्पतीलाई पक्राउ गरेकाे छ । उनीहरूलाई धनुषा जिल्ला अदालतले मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा कैद र जरिवानाकाे सजाय सुनाएकाे थियाे ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर १३ बस्ने ४२ बर्षीय रामजी पासवान र ३२ बर्षीया उनकी पत्नी विभा पासवान छन् । दुबैलाई मंगलबार घर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीले जनाएको छ ।

मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतको २०७७ माघ २२ गतेको फैसलाले पासवान दम्पतिलाई कैद तथा जरिवाना तोकेको थियो । जोगिन्द्रलाई २२ बर्ष कैद र २ लाख ५० हजार रूपैयाँ जरिवाना तथा विभालाई १७ बर्ष कैद र रु १ लाख ५० हजार जरिवाना तोकिएपछि दुबै फरार भएका थिए ।

उनीहरुलाई पक्राउ गरी धनुषा जिल्ला अदालतमा पेश गर्दा अदालतले झुम्का कारागार सुनसरी पठाउने आदेश दिएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट