सर्वोच्चमा प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ चैत २ बुधवार ०८:३५ बजे

सर्वोच्चमा प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान

काठमाडाैं । संघीय संसद्‍को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा नियुक्ति गर्न उपयुक्त छ/छैन भनेर १० चैतभित्र उजुरी दिन भनेको हो ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश श्रेष्ठलाई न्यायापरिषद्को गत फागुन अन्तिम साताको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । उजुरीपछि समितिको बैठकमा सुनुवाइको काम प्रारम्भ हुनेछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार