काठमाडाैं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मुल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार सोमबारको तुलनामा सुनको मुल्य प्रतितोला १८ सय रुपैयाँले घटेको हो।
छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा झरेको छ भने तेजावी सुनको भाउ पनि १ लाख रुपैयाँमा झरेको छ। मंगलबार चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ।
चाँदी प्रतितोला १३८० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार
