खानेपानी संस्थानद्वारा ४६ कर्मचारी माग


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ चैत १ मंगलवार १०:४८ बजे

खानेपानी संस्थानद्वारा ४६ कर्मचारी माग

काठमाडौं । नेपाल खानेपानी संस्थानले करारमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेकाे छ । मंगलबार एक सूचना प्रकाशित गर्दै विभिन्न ४६ पदका लागि आवेदन आह्वान गरिएको हो ।

जारी सूचनामा योग्यता पुगेका व्यक्तिहरूलाई ३० दिनभित्र दरखास्त दिन भनिएको छ । ६ महिनाका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको हो ।

जुनियर प्लम्बर सात, लाइट ड्राइभर सात, प्लान्ट एटेन्डेन्ट एक, ल्याब ब्वाई तीन, हेल्पर १४ र कार्यालय सहयोगी १४ का लागि आवेदन माग गरिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार