काठमाडौं । काउन्टरप्वाइन्ट रिसर्चले सन् २०२१ को चौथो त्रैमासिक अवधिमा विश्वभर सबैभन्दा बढी बिक्री भएका स्मार्टफोनहरूको सूची सार्वजनिक गरेको छ ।
यस्ता ‘टप टेन’ स्मार्टफोनको सूचीमा सात ओटा एप्पल आईफोनहरू छन् । जसमा आईफोन ट्वेल्भ प्रो म्याक्स र आईफोन १३ लाई समेत पछि पार्दै आईफोन ट्वेल्भ सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनमा परेको छ ।
एप्पलले सन् २०२१ मा आफ्नो पछिल्लो आईफोन थर्टिन सिरिज सार्वजनिक गरेको थियो । जुन अन्तिम चौमासिकमा ग्राहकलाई आकर्षित गर्न निकै सफल सावित भयो ।
१. आईफोन १२ २.९%
२. आईफोन १२ म्याक्स २.२%
३. आईफोन १३ २.१%
४. आईफोन १२ प्रो २.१%
५. आईफोन ११ २.०%
६. सामसङ ग्यालेक्सी ए १२ २.०%
७. साओमी रेड्मी ९ ए १.९%
८. आईफोन एसई २०२० १.६%
९. आईफोन १३ प्रो म्याक्स १.३%
१०. साओमी रेड्मी ९ १.१%