काठमाडौं । आजबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द भएको छ ।
यातायात व्यवस्था विभागले सोमवार एक सूचना प्रकाशित गर्दै अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द गरेको जनाएको छ ।
अहिलेसम्म परेका अनलाइन आवेदनको चाँडो टुङ्गो लगाउनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गर्न लागेको विभागले जनाएको छ ।
लाइसेन्सका लागि आवेदन धेरै परेकाले यस बेला अनलाइन आवेदन दिनेहरूलाई दुई वर्ष पछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ । कोरोना महामारीका कारण लामो समय लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेहरूको चाप बढेको विभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
