मेलम्चीको पानी चैतभित्र यसरी ल्याईदैछ काठमाण्डौं, ३२ करोड खर्च लाग्ने (भिडियो सहित )


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ माघ १५ शनिवार १०:०३ बजे

मेलम्चीको पानी चैतभित्र यसरी ल्याईदैछ काठमाण्डौं, ३२ करोड खर्च लाग्ने (भिडियो सहित )

मेलम्चीको खानेपानी काठमाण्डौं ल्याउन फेरि पुरानै कम्पनी जुटेको छ । गत असारमा बाढीले क्षतिग्रस्त बनेको आयोजनाको ड्याम खोलेर अस्थायी रुपमा पानी ल्याउने जिम्मा पुरानै कम्पनीले पाएको हो ।

सिन्धुपाल्चोकको अम्बाथानमा बन्दै गरेको हेडवक्र्स क्षेत्रमा पुरिएको सुरुङ खोतलेर अस्थायी रुपमा पानी ल्याउन सरकारले ३२ करोड रुपैया चिनियाँ कम्पनीलाई दिने भएको छ । आगामी चैतसम्म पानी काठमाण्डौं ल्याउने सरकारको लक्ष्यअनुसार चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले नै काम पाएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौड्यालले बताए । त्यसबाहेक निर्माणाधिन हेडवक्र्सको काम पनि यसै कम्पनीले सक्ने समितिले जनाएको छ । ‘सरकारको लक्ष्य भनेको पनि यसैबर्षभित्र मेलम्चीको पानी पूनः काठमाण्डौं ल्याउने हो । चैतभित्र जसरी पनि पानी ल्याईछोड्ने निर्माण कम्पनीको संकल्प छ’ कार्यकारी निर्देशक पौड्यालले भने ।

गत चैतमा नै मेलम्चीको पानी काठमाण्डौं आईसकेको भएपनि असार १ को बाढीले सुरुङमार्ग सुरु हुने अम्बाथानमा क्षति पुगेको थियो । जसका कारण आयोजना पूनः अवरुद्ध बनेको हो ।
यसक्रममा खानेपानीमन्त्री उमाकान्त चौधरीले आयोजनाको पुनःस्थापना गरी आगामी चैत मसान्तभित्र काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी वितरण गर्ने गरी कार्य सम्पन्न गर्न ठेकेदार कम्पनी र आयोजनाका कर्मचारीलाई निर्देशन दिएका छन् ।

आयोजनास्थलको स्थलगत निरीक्षण गर्न मेलम्ची पुगेका मन्त्री चौधरीले चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोका कर्मचारीलाई आमनागरिकको चासोको विषय समेत रहेको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स र आयोजनाका अन्य भौतिक संरचना ठेक्का सम्झौताअनुसार निर्धारित मितिमै द्रुत गतिमा पूरा गर्न निर्देशन दिए ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौड्यालसँग गरिएको कुराकानी भिडियोमा


प्रतिक्रिया

सम्बन्धित समाचार