पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ९१ प्रतिशत काम सम्पन्न ( भिडियो सहित )


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ माघ ८ शनिवार १४:१५ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ९१ प्रतिशत काम सम्पन्न ( भिडियो सहित )

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ९१ प्रतिशत काम सम्पन्न भएको छ । यस आयोजना आगामी बैशाखमा सम्पन्न हुने निर्माणपक्षले जानकारी दिएको छ ।

बैशाखमा निर्माण सम्पन्न भएपछि सञ्चालनका लागि समेत प्रकृया अघि बढाईने राष्ट्रिय गौरव आयोजना कार्यालयका प्रमुख प्रदीप अधिकारीले बताए । नेपालका राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा विमानस्थलको काम बढि सन्तोषजनक रहेको उनले बताए । पोखरा साँघुरो उपत्यका भएका कारण पूर्वबाट मात्र अवतरण र उडान गर्न सक्ने विज्ञहरूको धारणा अनुसार वाइडबडी भएका जहाजको सट्टा करिब १८० सिट क्षमताका न्यारोबडीका जहाज मात्र सञ्चालन गर्न सकिनेछ ।

२२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा सन् २०१७ को नोभेम्बरमा सुरु भएको विमानस्थल निर्माण सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो । तर कोभिडका कारण आयोजना प्रभावित भएपनि थपिएको ६ महिनामै निर्माण सम्पन हुने अधिकारीले बताए । यस विमानस्थलमा नेपालमा नै पहिलो पटक कङ्क्रिटको धावनमार्ग निर्माण गरिएको छ । टर्मिनल भवनबाट जहाजसम्म सिधै जान नेपालमै पहिलो पटक बोर्डिङ ब्रिजको व्यवस्था समेत गरिएको छ ।

पोखरा विमानस्थलको प्रगतिबारे राष्ट्रिय गौरव आयोजना कार्यालयका प्रमुख प्रदीप अधिकारीसँग गरिएको कुराकानी भिडियोमा


प्रतिक्रिया

सम्बन्धित समाचार