काठमाण्डौं तराई जोड्ने फाष्ट ट्रयाकको हविगत यस्तो छ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ कात्तिक ११ बिहीवार ०९:२२ बजे

काठमाण्डौं तराई जोड्ने फाष्ट ट्रयाकको हविगत यस्तो छ

काठमाण्डौं देखि निजगढसम्म पुग्ने ७२ किलोमिटरको फाष्ट ट्र्याक नेपाली सेनाले निर्माण गरिरहेको छ । पहाडी क्षेत्रमा सडकको चौडाइ २५ मिटर र समथर क्षेत्रमा २७ मिटर रहने छ । यो सडक चार लेनको बन्दैछ । यसअघि यो सडकमार्ग ७६ किलोमिटरको हुने भनिएपनि डिपिआरअनुसार केहि ठाउँमा रेखांकन परिवर्तन गरिएकाले यसको दुरी घटेको हो ।

काठमाडौंबाट तराई जोड्ने यो द्रुतमार्गलाई रणनीतिक महत्वको “राष्ट्रिय गौरवको पूर्वाधार“ को रूपमा राखिएको छ ।
ललितपुरको खोकना देखि निजगढ बारा सम्म जोडिने यो सडकमार्ग निर्माणको जिम्मा २०७४ साल वैशाख २१ गते नेपाल सरकारले नेपाली सेनालाई दिएको हो ।
द्रुतमार्गको लागत १ खर्ब ७५ अर्ब हुने गरिएको छ । एसियाली विकास बैंक (एडीबी)को सम्भाव्यता अध्ययन र प्रारम्भिक डिजाइन अनुसार मूल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब लागत अनुमान गरिएको सेनाले जनाएको छ ।

 

यो फाष्ट ट्र्याक अन्तर्राष्ट्रिय मापदण्डअनुसारको डिजाइन र सोहिअनुसार निर्माण हुदैछ । यो सडकमार्गमा सुरुङ पनि बन्दैछ । यस आयोजनामा ठूला र अग्ला पुल बन्दैछन् ।
काठमाण्डौंबाट तराई पुग्न घण्टौँ यात्रा गर्नुपर्ने अहिलेको बाध्यता यो बाटो बनेपछि हट्नेछ । यो बाटो फराकिलो,प्रायः सिधा हुने भएकाले एक घण्टामा समेत यात्रा गर्न सकिने अनुमान गरिएको छ ।

यो सडक बनेपछि तराई र काठमाण्डौंको भौतिक दुरी घट्नुका साथै ठूलो मात्रामा ईन्धनको खपत कम हुनेछ ।
चार वर्षभित्र काम सक्ने गरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २१ वैशाख २०७४ मा द्रतमार्ग र्निर्माणको जिम्मा नेपाली सेनाले दिएको थियो । २७ साउनमा औपचारिक रुपमा जिम्मा पायो, त्यसअनुसार २७ साउन ०७८ भित्र फास्ट ट्रयाक निर्माण सकिनुपर्ने हो । तर समयसिमा सकिएपनि फाष्ट ट्र्याक निर्माणले आशातित परिणाम दिन सकेको छैन भने कहिले सकिएला भन्ने छाँटकाट छैन ।

भिडियोमा हेर्नुहोस्


प्रतिक्रिया

सम्बन्धित समाचार