नागढुंगा सुरुङमार्ग–जापानी कौशल नेपालीले सिक्ने थलो (भिडियो सहित)


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ कात्तिक ४ बिहीवार १३:०८ बजे

नागढुंगा सुरुङमार्ग–जापानी कौशल नेपालीले सिक्ने थलो (भिडियो सहित)

काठमाडौं । नेपालको सडक पूर्वाधारमा पहिलो गाडी हिड्न बनाईदै गरेको नागढुंगा सुरुङमार्ग निर्माण नेपालीहरुले नै बनाईरहेका छन् । जापान सरकारको सहयोग तथा जापानीज कम्पनी हाज्मा एण्डो मार्फत निर्माणाधिन यो सुरुङमार्गमा जापानीज प्राविधिकको सहयोगमा नेपाली कामदारले सुरुङ निर्माणलाई जारी राखेका छन् ।

आयोजना निर्माणको सुरुवाती चरणमा जापानीज कामदार तथा प्राविधिक टोली धेरै भएपनि पछिल्लो समय नेपाली कामदार र प्राविधिक नै बढि मात्रामा खटिरहेका छन् । यो आयोजना निर्माणमा जापानीज प्राविधिक र कामदारको भूमिका गौण छ भन्न खोजिएको होइन तर नेपाली कामदार आत्मनिर्भर र दक्ष भएको देख्न सकिन्छ । ‘सुरुमा जापनीजहरुले बढि नै मनिटरिङ गर्नुहुन्थ्यो,फिल्डमा खटिनुहुन्थ्यो । जापनीज कामदार पनि खटिन्थे । तर पछिल्लो समय नेपालीहरुप्रति उनीहरुको विस्वास बढेर होला, केहि मनिटरिङ बाहेक लगभग पुरै काम नेपाली प्राविधिक र कामदारले जिम्मा लिएका छन्’ आयोजनामा कार्यरत एक नेपाली ईञ्जिनियरले भने ।

२६ सय मिटर लामो सुरुङ नागढुंगामा बन्दैछ । त्यसबाहेक बाहिरी रोड समेत गरेर झण्डै साढे पाँच किलोमिटर लम्बाईको सुरुङ तथा सडकमार्ग निर्माणकार्य जारी छ । सरकारले पछिल्लो समय नागढुंगा बाहेक अन्य ठाउँमा पनि सुरुङमार्ग निर्माणको प्रकृया अघि बढाएकाले नेपालीले नै आगामी दिनमा अन्य सुरुङमार्ग निर्माणको जिम्मा लिनसक्ने दक्षता हासिल गर्दैछन् । विदेशका विभिन्न आयोजनामा काम गरेर फर्केका नेपाली जनशक्ति नागढुंगा सुरुङमा कार्यरत छन् । स्वदेशमै यस्ता आयोजना सञ्चालन हुनु र काम गर्न पाउदा उनीहरु हर्षित् मात्रै होइन,भविष्य नेपालमै सुनिश्चित भएको ठान्छन् । यस आयोजनामा कार्यरत केहि कामदारको अनुभव हामीले भिडियोमा कैद गरेका छौँ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट