त्यो भैरवबहादुर युग र यो भाईरल युग ! मोडल सनम भन्छन् ‘दर्शकको मनमस्तिष्कमा बस्नु ठूलो कुरा’


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ कात्तिक ३ बुधवार १०:२३ बजे

त्यो भैरवबहादुर युग र यो भाईरल युग ! मोडल सनम भन्छन् ‘दर्शकको मनमस्तिष्कमा बस्नु ठूलो कुरा’

काठमाडौं । बरिष्ठ लोकगायक कुमार बस्नेतले एउटा अन्र्तवार्तामा भनेका छन्– ‘भैरवबहादुर दाईको टिममा नाच्न विभिन्न ठाउँमा हिडियो । त्यसबेला हाम्रो नाचगान देखेर सबै छक्क पर्थे,कतिले सम्मान गर्थे,कतिले खसी काटेरै खुवाउथे भने कतिले उत्ताउलो भन्थे ।’ भैरवबहादुर दाई अर्थात नेपालका प्रथम नृत्य निर्देशकको रुपमा चिनिएका भैरवबहादुर थापा ।

जमाना त्यति पुरानो होइन,चार दशक अघिको मात्रै हो । प्रविधिको विकासले कोल्टो यसरी फेरेको छ कि,त्यति चाडो कोल्टे सायदै अरुक्षेत्रको विकासले फेर्छ । त्यसबेलाका भैरवबहादुर थापादेखि कुमार बस्नेत सम्मका जोस जाँगर आजभोलि कोठाकोठामा,घरघरमा अनि व्यक्तिव्यक्तिमा भाईरल ज्वरो गाउँभरी फैलिए जसरी फैलिएको छ । टिकटक,युटुव,फेसबुक जस्ता सामाजिक सञ्जालले एकापट्टि मुलधारका मिडियालाई चुनौती दिएको छ भने अर्कोतर्फ बर्षौंदेखि मेहेनत गर्दै आएका कलाकर्मीलाई अवसर भन्दा ठूलो चुनौती भनौँ अर्थात अझ मेहेनत गर्नुपर्ने साईरन बजाएको छ ।

चलिरहेको सत्तरीको दशकमा नेपाली सांगितिक क्षेत्रमा धेरै सिर्जना अंकुराएका मात्र छैनन्,राम्रा सिर्जनाहरु पनि आएका छन् । अझ भनौँ खानामा तरकारी जसरी अनिवार्य छ,त्यसैगरी गीतमा म्युजिक भिडियो अनिवार्य जस्तै बनेर गएको छ । म्युजिक भिडियो बाहेकका गीतसंगितले त्यतिधेरै चर्चा पाएको देखिदैन । जसले गर्दा पछिल्लो समयमा गायन तथा नृत्य क्षेत्रमा धेरै कुमार बस्नेतहरु र भैरवबहादुर थापाहरु देख्न सकिन्छ । तर अहिलेको भिडमा त्यो जमानाको जस्तो कर्मप्रतिको समर्पण,दर्शकप्रतिको दृष्टिकोण र अग्रज वा अनुजप्रतिको सम्मान भएका मुटुहरु थोरै छन् । त्यहि थोरैमध्येका एक हुन् नेपाली म्युजिक क्षेत्रका एक प्रीय नाम सनम कठायत ।

एक दशकदेखि म्युजिक भिडियो मार्फत आफ्नो कलाकर्म पस्किदै आएका उनै सनमको स्वभाव,बोलीचाली,सालीनताले उनीभित्रको चेतनास्तर छर्लंग देखाईदिन्छ । त्यो देखेर भन्न मन लाग्छ,हो यस्तै सालीन् व्यक्तित्वहरुको बहुमत नेपाली संगितक्षेत्रमा हुन सके भाईरल हुने सपना देख्दै दिउसै हुटहुटीदै हिड्ने कलाविहिन् कतिपय यात्रीहरुको यात्रा समाप्त हुने थियो । त्यस्ता भाईरल हुने सपना देख्ने यात्रीहरु समाप्त हुनु भनेको हिउदबेलाको निश्चल गंगा बगेजस्तै नेपाली संगितक्षेत्र सग्लिनु हो ।

मोडल सनम कठायतले झण्डै ६ सय बढि गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । चर्चित गायक गायिकाको चर्चित गीतमा नृत्यकला प्रस्तुत गरिसकेका छन् । प्रविधिको विकास तथा प्रविधि प्रयोगकर्ताको कलाप्रति उनी सम्मान् व्यक्त गर्छन् नै, तर भन्छन् ‘अहिलेको प्रचारप्रसार सस्तो लोकप्रीयता र सस्तो प्रतिस्पर्धाले बढि गाजिएर होला,त्यति पारदर्शी चाहिँ मलाई लाग्दैन ।’

क्षमता हुनेहरुका लागि प्रविधिको विकास वरदान सावित भएको छ तर क्षमताविहिन्हरुका लागि आफ्नो ढंगले खेल्ने ठाउँ भएको छ । ‘साच्चिकै कलाकारिताको हिसावले प्रतिस्पर्धी बढ्नु असाध्यै राम्रो कुरा हो । तर पछिल्लो समय,म एउटा मेडिकल अफिसर पनि हो,मेरोलागि भाईरल भन्ने शब्द असाध्यै सस्तो र असुहाउदो शब्द जस्तो लाग्छ’ मोडल कठायत भन्छन् ।

पछिल्लो समय सार्वजनिक भएको गीत ‘आउ न नजिक’ का बारेमा कुराकानी गर्नेक्रममा सोहि गीतको भिडियोका मोडल समेत रहेका सनमले रातारात स्वघोषित सेलिब्रेटी बन्ने भन्दा दर्शक स्रोताको मन मस्तिकको सेलीब्रेटी बन्नुपर्ने बताए । गीतकार एवं संगितकार राजकुमार बगरको संगित तथा ताराबहादुर डाँगीको शब्दमा रहेको ‘आउ न नजिक’ मा सनमसँगै सपना जनकले अभिनय गरेकी छन् ।

प्रविधिको विकाससँगै नाचगान लगायतका रंगकर्मबाट ख्याती कमाउन खोज्नेहरुको लर्को बाक्लो छ । त्यहि बाक्लो भिडमा तछाडमछाड गर्दा कर्मप्रतिको लगाव,मेहेनत,सालीनता र धैर्यताको धरातलमा अडिने भन्दापनि प्रचार अर्थात् भाईरल हुने सपना बोकेका लर्कोहरु धेरै छन् । जसले गर्दा अबको कलाक्षेत्रले सामाजिक,नैतिक मर्यादाको सीमा अतिक्रमण गर्ने जोखिम देखिन्छ । यसतर्फ कलाकर्मीहरु सस्तो लोकप्रीयता होइन कालजयी बन्नेतर्फ आकर्षित होउन् ।

मोडल सनम कठायत र सपना जनकसँगको कुराकानी भिडियोमा


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट