
गजलकार जितेन्द्र बाँनियाको पहिलो गजलसंग्रह ‘देशको ऐना’ सार्वजनिक भएको छ । काठमाण्डौंको बौद्धमा शनिबार आयोजित ओखलढुङ्गा कला साहित्य समाजको दोस्रो अधिवेसनकै बिचमा कृति लोकार्पण गरिएको हो ।
गीत तथा गजलमा कलम चलाउदै आएका बाँनियाको यो कृति जनगायक रामेश लगायतले लोकार्पण गरेका हुन् ।
संग्रहमा ५९ वटा गजल छन् । कार्यक्रममा जनगायक रामेश सहित बरिष्ठ सञ्चारकर्मी पुरुषोत्तम दाहाल, मुक्तककार सन्तोष अम्गाई, कवि तथा सञ्चारकर्मी ऐश्वर्य श्रेष्ठ, कमेडि च्याम्पियनका फाइनलिस्ट हिक्मत महरा, लगायतको उपस्थिती थियो । कार्यक्रमको सञ्चालन समाजका महासचिव रामनाथ घिमिरेले गरेका थिए ।
कार्यक्रमा भएको श्रष्टा सम्मान कार्यक्रम मा साहित्यकार बिनोद दाहाल , गाएक बल बहादुर परियार ,ओखलढुङ्गा कला साहित्य समाजका संस्थापक अध्यक्ष गम्बु शेर्पा, जितेन्द्र बानिया , प्रगती राइ लगाएत श्रष्टा सम्मानित भएका थिए ।
विमोचित कृति ‘देशको ऐना’ मा देशप्रेम,बर्तमान राजनीतिक अवस्था,सामाजिक परिवेश,वैदेशिक रोजगारीमा युवाहरुले भोग्नुपरेका पीडा लगायत विषयवस्तुलाई समावेश गरिएको छ ।
सो क्रममा ओखलढुंगा कला साहित्य समाजको नयाँ कार्यसमिति समेत चयन गरिएको छ । राज राईको अध्यक्षतामा समितिले नयाँ नेतृत्व पाएको हो ।