नेपाल बायोमेडिकल संघको नयाँ कार्यसमिति चयन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ असोज १६ शनिवार १६:२२ बजे

नेपाल बायोमेडिकल संघको नयाँ कार्यसमिति चयन

नेपाल बायोमेडिकल संघको नयाँ अध्यक्षमा श्यामकुमार हलुवाई चयन भएका छन् । काठमाण्डौंको टेकुमा शनिबार सम्पन्न पहिलो साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको महासचिवमा सोम प्रसाद उपाध्याय चुनिएका छन् भने वरिष्ठ उपाध्यक्षमा राम कुमार दाहाल,उपाध्यक्षमा अनु नेपाली,कुवेर ओली छानिएका छन् । त्यस्तै संघको सचिवमा लव कुमार सिंह,दिपक महत वरिष्ठ कोषाध्यक्षमा विकेश श्रेष्ठ,कोषाध्यक्षमा बिमल कुँवर,प्रतिभा भुषाल,हिमान्सु मिश्र चुनिएका छन् । सदस्यहरुमा भने सुजन रेग्मी, लोकेन्द्र महतो, सविना खनाल, उपमा बस्नेत,रोसना न्यौपाने,उमापति उम्रे,लक्ष्मण रिजाल,सागर बस्याल,राजेश शाह,चेत बहादुर भण्डारी,नर बहादुर बोहरा,लव पन्थी,सन्देश डंगोल,संगिता घिमिरे र दिनेश बजगाई छन् ।

देशभरबाट आएका बायोमेडिकल प्राविधिक प्रतिनिधीको भेलाबाट २५ सदस्यीय केन्द्रिय कार्यसमिति चयन गरिएको हो । जसमा संघले प्रत्यक प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी समिति निमार्ण गरेको छ ।

नेपालमा मेडिकल उपकरणको क्षेत्रका विविध पक्षसँग सरोकार राख्दै आएको र स्वास्थ्यको महत्वपूर्ण विधा मानिएको नेपाल बायोमेडिकल संघले आफ्नो पहिलो साधारण सभा सम्पन्न गरेको हो । राज्यले मेडिकल उपकरणलाई छुट्टै विधाको रुपमा स्वीकार गरेको देखिदैंन् तर बायोमेडिकल प्राविधिकहरुले यसलाई राज्यले स्वास्थ्य विद्याको रुपमा स्वीकार गर्नुपर्ने भन्दै आफ्नो संघ मर्फत धारणा राख्दै आएका छन् ।

कार्यक्रममा स्वास्थ्यको उपकरण क्षेत्रमा रहेका विविध समस्याको विषयमा छलफल,समाधानका उपाय र भावि चुनौति तथा अवसरका विषयमा समेत छलफल गरिएको थियो । साधारण सभा बिहान १० बजे बाट सुरु भएको थियो ।

संघले आफ्नो अधिवेशन प्रत्येक ३ वर्षमा गर्ने विधानमा उल्लेख गरेको छ । संघले लामो समयदेखि बायोमेडिकल सम्बद्ध जनशक्तिको हक हित तथा सरोकारका विषयमा काम गर्दै आइरहेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट