सरकारको सुपथ मूल्यको पसलभित्रै तास खेल्दै भेटिए कामदार,उपभोक्ता भन्छन् सामान पाइएन (भिडियो सहित)


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ असोज ४ सोमवार १६:५१ बजे

सरकारको सुपथ मूल्यको पसलभित्रै तास खेल्दै भेटिए कामदार,उपभोक्ता भन्छन् सामान पाइएन (भिडियो सहित)

सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्यको पसलकै कामदार दिउसै तास खेलेर बसेको पाइएको छ । सस्तो मूल्यमा सामान किन्न आएका उपभोक्ताले भने आफूहरुले खोजेको सामान नै नभेटिएको बताएका छन् ।

काठमाण्डौंको कोटेश्वरस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका कामदार दिउसै तास खेल्दै गरेको अबस्थामा फेला परेका हुन् । कार्यालयबाट सुपथ मूल्यको पसल सञ्चालन गरिएपनि आफूहरुले मसला समेत नपाएको उपभोक्ताहरुले बताए । सरकारले नजिकिदै गरेको दशैं,तिहार तथा छठलाई मध्यनजर गर्दैै असोजको १ गतेदेखि सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको हो ।

कार्यालयका प्रवन्धक महेन्द्र भुसालले आफ्नो कार्यालय अनुशासित ठहरिएको दाबी गरे । तर उनले दाबी गरिरहँदा उनी मातहतकै कामदार भने तासमा मग्न थिए । उनै प्रवन्धक भुसाललाई उनकै कार्यालयभित्र हामी आफैले तास अड्डामा पुर्याउदा यसो भने,

हेर्नुस् भिडियोमा


प्रतिक्रिया

सम्बन्धित समाचार