काठमाडौं । पछिल्लाे २४ घण्टामा देशभर १ हजार ७६० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशभर १६ हजार ८४४ जनामा परीक्षण गर्दा १ हजार ७६० जनामा कोरोनाकाे संक्रमण पुष्टि भएकाे हाे ।
सोही अवधिमा काठमाडौं उपत्यकामा मात्रै ४९५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने थप ७ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
