आँखाको ट्युमरले दृष्टि गुमाएकी सम्झना सामु भगवान बनेर पुगे समाजसेवी अण लामा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ भदौ २६ शनिवार १२:११ बजे

आँखाको ट्युमरले दृष्टि गुमाएकी सम्झना सामु भगवान बनेर पुगे समाजसेवी अण लामा

आँखामा ट्युमर भएर दृष्टि गुमाएकी सिन्धुपाल्चोक ईन्द्रावती ५ की सम्झना तामाङलाई समाजसेवी तथा स्थानीय बासी समेत रहेका अण लामाले सहयोग गरेका छन् । स्पाईनल कर्डको ट्युमरको समेत अप्रेसन गरेर ओछ्यानमै थलिएर बसेकी सम्झनासामु समाजसेवी अण लामा भगवानको रुपमा पुगे । जसले करिब एक बर्षलाई पुग्ने खाद्यान्न लगायत सहयोग गरेका छन् ।

विगत देखि दुःखी पीडितको लागि सहयोग गर्दै आएका समाजसेवी लामाले आगामी दिनमा पनि निरन्तर समाजसेवा र आफ्नो गाउँघर,क्षेत्र,जिल्ला हुदै समग्र देशकै सेवामा लाग्ने बताए । ‘समाजसेवाबाट मिल्ने सन्तुष्टी नै मेरो जीवनको ठूलो सुख हो । त्यहि भएर म समाजसेवाबाट टाढा रहन सक्दिन । सँधैभरी समाजसेवामा लागिरहनेछु’ अण लामाले भने । उनी आफै मेलम्ची बाढी पीडितमध्येका एक हुन् । तर मेलम्चीको बाढीले सयौँ मान्छे घरबारबिहिन भईरहँदा आफ्नो पीडा लुकाएर अण लामा यसअघि खाद्यान्न लगायतको सहयोग बोकेर मेलम्ची पुगेका थिए ।

सम्झनाको परिवार हाल बुढानिलकण्ठमा डेरा लिएर बस्दै आएका छन् । विगत २ महिनादेखि सम्झनाको दुबे आँखा बन्द भएको छ । आँखाभित्र ट्युमर भएको चिकित्सकले बताएको सम्झनाका श्रीमान् अश्विन तामाङले बताए । ‘आर्थिक अबस्था कमजोर छ । श्रीमतीको उपचारमा धेरै खर्च लागिसक्यो । अझै धेरै खर्च लाग्नसक्छ । यो अबस्थामा अण लामा लगायत उहाँको टिम आएर मलाई सहयोग गर्नुभयो । अब मलाई झण्डै एक बर्षलाई के खाने के पकाउने भन्ने तनाव हुदैन । उहाँलाई धन्यवाद’ अश्विनले भने ।

सो क्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका अध्यक्ष दिपक गुरुङले पीडित सम्झनालाई ५ हजार रुपैया सहयोग गरे । समाजसेवी अण लामा आफैपनि नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका सदस्य हुन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का तरुण दलका उपाध्यक्ष समेत रहेका लामाले पीडित सम्झनालाई दाल,चामल,नुनतेल लगायत अन्य खाद्यान्न सहयोग गरेका हुन् । सहयोग हस्तान्तरणमा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि समेत रहेका ईन्द्रावती गाउँपालिका वडा नम्बर १ का अध्यक्ष श्री लामाको समेत सहभागिता थियो । सो क्रममा लेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश सदस्य एवं बुढानिलकण्ठ नगरपालिका ११ का तरुण दल सभापति विनोद बानियाँ समेत उपस्थित थिए ।

 

सम्झना लामाको अबस्था तथा समाजसेवी अण लामा लगायतसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस्


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट