
काडमाडाैं । काठमाडाैंमा आजदेखि १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइँदै छ । कक्षा ११ र १२ मा पढ्ने तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो डोज लगाइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।
आज, भोलि र ८ गते बिहान १० बजेदेखि ५ बजेसम्म काठमाडौँ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालमा सो खोप उपलब्ध गराइने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
विद्यार्थीले सशस्त्र प्रहरी अस्पताल–बलम्बु, वीरेन्द्र सैनिक अस्पताल–छाउनी, राधास्वामी आइसोलेसन सेन्टर–सामाखुसी, नेपाल प्रहरी अस्पताल–महाराजगञ्जबाट खोप लगाउन पाउने छन् ।