एम्बुलेन्समा १० घण्टासम्म बिरामी छटपटाईरहे । तर बाटो खुलेन । यो दृष्य हो,काठमाण्डौंको मुख्य नाका नागढुंगा भन्दा २ किलोमिटर तल सिस्नेखोलाको । जहाँ नागढुंगा सुरुङमार्गको काम भईरहेको छ । सुरुङमार्गकै काम गर्दा सडकको भित्ता पट्टि परेको असरले पहिरो झर्यो ।
मुग्लिन–नारायणगढ सडकखण्डमा केहि समयअघि सेती दोभानमा खसेजस्तो बगिरहने ठूलो पहिरो नागढुंगाको हुदै होइन । दुईवटा मात्रै एक्साभेटर बेलैमा प्रयोग गरेको भए एक घण्टाभित्रै हटाउन सकिने पहिरो हो । तर बिहान ५ बजे खसेको पहिरो हटाउन मध्यान्ह १२ बजेपछि मात्रै तिव्रताका साथ डोजर लगाइयो ।
त्यो बेलासम्म घण्टौँ लाईनमा सवारीसाधन मात्र रहेनन् । दर्जन बढि अत्यावश्यक एम्बुलेन्स पनि बिरामी सहित रोकिए । सो बुधबारको दृष्य हो । दिनभर नागढुंगाको पहिरोमा गरिएको रिपोर्टिङ र भएको गतिविधि भिडियोमा हेर्नुहोस् ।
