अफगानिस्तानको यो हालत हुनुमा त्यहाँका नेता जिम्मेवार – अमेरिकी राष्ट्रपति बाइडन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ भदौ १ मंगलवार १०:१५ बजे

अफगानिस्तानको यो हालत हुनुमा त्यहाँका नेता जिम्मेवार – अमेरिकी राष्ट्रपति बाइडन

अफगानिस्तानमा अहिलेको अबस्था आउनुमा त्यहाँका नेता जिम्मेवार रहेको अमेरिकाले बताएको छ । २० बर्षपछि आफ्ना सेना फिर्ता गरेको अमेरिकाका राष्ट्रपति जो बाईडनले तालिवानले अफगानिस्तानको सत्ता कब्जा गर्नुमा त्यहिँका नेता जिम्मेवार रहने बताए ।

ट्विनटावरमा भएको आक्रमणपछि अफगानिस्तानले आतंकवादीलाई संरक्षण दिएको भन्दै अमेरिकाले सेना पठाएको थियो । तात्कालिन् तालिवान सत्ताच्युत भएपनि अमेरिकाले लगातार अफगानिस्तानमा सैन्य बलका लागि अर्बौं खर्च गर्दै आएको थियो । पछिल्लो समय अमेरिकाले आफ्ना सेना फिर्ता लिने निर्णय गरेपछि भने तालिवान फेरि जागेको हो ।

विद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशवासीलाई टेलिभिजनमार्फत् सम्बोधन गर्दै बाइडनले भने, ‘हाम्रा सैनिकहरुले अझै धेरै जोखिम उठाउन सक्थे तर त्यहाँका नेता देश नै छोडेर भागे ।’

हजारौं सैनिक अफगानिस्तान पठाएर अफगान सेनालाई तालिम दिएको,अरबौं डलर खर्च गरेको तरपनि अफगान सेनाले केहि गर्न नसक्नु आश्चर्यको विषय भएको बाईडेनले बताए ।

 


प्रतिक्रिया

सम्बन्धित समाचार