ला लिगा फुटबलमा रियल मड्रिडको शानदार शुरुवात


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ साउन ३१ आइतवार ०७:१८ बजे

ला लिगा फुटबलमा रियल मड्रिडको शानदार शुरुवात

एजेन्सी । स्पेनिस लिग ला लिगा फुटबल लिगमा रियल मड्रिडले शानदार शुरुवात गरेको छ।

नयाँ सिजनको पहिलो खेलमा रियलले डिपोर्टिभो एलाभेसलाई उसकै मैदानमा ४–१ गोलले पराजित गर्दै रियल मड्रिडले सुखद शुरुवात गरेको हो।

रियलको जितमा फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले दुई गोल, नाचो फर्नान्डेस र भिनि जुनियरले समान एक गोल गरेका थिए । एलाभेसका जोसेलुले पेनाल्टीमार्फत एक गोल फर्काए पनि जितमा बदल्न सकेनन् ।

गएराति भएको खेलको हाफ बराबरीम सकिएको थियो। घरेलु टोलीमाथि निरन्तर दबाब बनाइरहे पनि रियल पहिलो हाफमा गोल गर्न असफल बनेकाे थियाे ।


प्रतिक्रिया

सम्बन्धित समाचार