कोरोना देखिएपछि ग्रिसले पौडी नखेल्ने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ साउन २१ बिहीवार १०:०० बजे

कोरोना देखिएपछि ग्रिसले पौडी नखेल्ने

टोकियो ओलम्पिकमा ग्रिस टोलीले आर्टिस्टिक स्विमिङमा भाग नलिने भएको छ । यस टोलीका ५ जना सदस्यमा कोरोना पोजेटिभ देखिएको छ । ७ जना अन्य खेलाडी उनीहरुसँगको क्लोज कन्ट्याक्टमा थिए ।

त्यहीकारण उनीहरुले अब ओलम्पिक भिलेज छाडेर अन्यत्रै स्थानमा बस्नुपर्नेछ । टोकियो ओलम्पिकका आयोजकहरूले गत मंगलबार खेलसँग सम्बन्धित १८ जनामा कोभिड १९ देखिएको जनाएका थिए ।

यससँगै ओलम्पिकका दौरान संक्रमित हुनेको संख्या २ सय ९४ पुगिसकेको छ । कोरोनाकै कहरकै कारण यसपटकको ओलम्पिक दर्शक बिना नै आयोजना गरिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट