धरहरा टावर निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । धरहराको २२ वटै तला बनिसकेको र गजुर हाल्ने काम भईरहेको छ ।
चैतको पहिलो हप्तासम्म धरहराको दुईमध्ये एउटा लिफ्ट सञ्चालनमा ल्याउने र उद्घाटन गर्नेगरी काम अघि बढेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरहराको उद्घाटन गराउने राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको तयारी भएपनि उद्घाटन मिती तोकिसकिएको छैन ।
धरहरा टावरको बाहिरी तथा भित्री भागको काम भईरहेको छ । बाहिरी भागको प्लास्टर गर्ने काम, भित्री भागमा १९ तल्लाबाट बिसौं तलामा जाने भर्याङ हाल्ने काम,भ्यु डेक बनाउने लगायतको काम भईरहेको धरहरा निर्माण कम्पनी रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर ई. श्यामचन्द्र श्रेष्ठले बताए ।
नयाँ धरहरा भूकम्प प्रतिरोधी भएको श्रेष्ठले बताए । ‘पहिलेको धरहरा सुर्की र ईट्टाले बनेको थियो । नयाँ धरहरा आधुनिक छ । गिट्टी,बालुवा,सिमेन्ट,रड प्रयोग भएर बनेको छ । भूकम्प रहित छ । लिफ्ट दुईवटा राखेका छौँ’ उनले भने ।
धरहरा टावर निर्माण सम्पन्न भईसकेपछि पनि धरहरा परिसरमा म्युजियम,पार्किङ लगायतका संरचना बन्दैछन् । ०७२ को भूकम्पले पुरानो धरहरा क्षतिग्रस्त भएपछि सोहि क्षेत्रमा नयाँ धरहरा बनाईएको हो । पुरानो धरहराको भग्नावशेषलाई अहिलेकै अवस्थामा संरक्षण गरिने प्रोजेक्ट म्यानेजर श्रेष्ठले बताए ।
भिडियोमा धरहरा
