सुनको मूल्य २०० रूपैयाँले घट्याे


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ २६ सोमवार ०६:१३ बजे

सुनको मूल्य २०० रूपैयाँले घट्याे

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २०० रूपैयाँले घटेको छ ।

साताको पहिलो दिन आइतबार ९० हजार ६०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९० हजार ४०० रूपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य आज प्रतितोला ८९ हजार ९५० कायम भएको छ ।

चाँदीको मूल्य भने आज बढेको छ । आइतबार तोलामा १ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३१५ रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट