भागरथीको हत्यामा संलग्‍नलाई कानुनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ २५ आइतवार ११:०३ बजे

भागरथीको हत्यामा संलग्‍नलाई कानुनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बैतडी दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको हत्यामा संलग्‍न दोषी पत्ता लगाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले आइतबार विज्ञप्ति जारी गरी घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहत दिन सरकारसँग आग्रह गरेका हुन् ।

त्यस्तै घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण संकलनमा विशेष सावधानी अपनाउन आग्रह गर्दै आयोगले आफ्नो तर्फबट अनुमगनका लागि घटनास्थलमा टोली खटाएको जनाएको छ । विज्ञप्तिअनुसार आयोगको प्रदेश कार्यालय धनगढीबाट अनुगमन टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट