सुनचाँदीको मूल्य बढ्यो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ ७ बुधवार ०५:२७ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य वृद्धि भएको छ ।

नेपाली बजारमा मंगलबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ ।

मंगलबार तोलामा १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार २६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार