पछिल्लो २४ घण्टामा देशभर थपिए ४३० कोरोना संक्रमित


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस २८ मंगलवार १०:२८ बजे

पछिल्लो २४ घण्टामा देशभर थपिए ४३० कोरोना संक्रमित

काठमाडौं । नेपालमा आज थप ४३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा ३९० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ ।

यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै हिजो नेपालमा ४८८ जनामा कोरोना भाइरसको संक्रमण् पुष्टि भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार