तोलामा २३ सय रुपैयाँले घट्याे सुनको मूल्य


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस २६ आइतवार ०५:१९ बजे

तोलामा २३ सय रुपैयाँले घट्याे सुनको मूल्य

काठमाडाैं  । आइतबार सुनकाे मूल्य एकैदिन दुई हजार तीन सय रुपैयाँले घटेको छ ।

गत शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलाको ९३ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदी पनि तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदी तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेकाले नेपाली बजारमा पनि भाउ अस्थिर भएको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार