६ हजार नमुना परीक्षण गर्दा ५३४ जनामा कोरोना संक्रमण पुष्टि


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस १६ बिहीवार १०:२१ बजे

६ हजार नमुना परीक्षण गर्दा ५३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आज थप ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा ४४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ ।

यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३७८ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ८ सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

देशभरका प्रयोगशालामा ६ हजार नमुना परीक्षण गर्दा १९६ महिला र ३३८ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।


प्रतिक्रिया

सम्बन्धित समाचार