काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा टिपरको ठक्करबाट दुई जनाकाे मृत्यु भएको छ ।
चन्द्रागिरि नगरपालिका १०, काठमाडौं आयल स्टोरस्थित सडकमा बा.४ख २५७७ नम्बरको टिपरको ठक्करबाट काठमाडौं थापाथली बस्ने धादिङ गल्छी गाउँपालिका घर भएका २७ वर्षीय अभय लामा र काठमाडौं चन्द्रागिरि नगरपालिका १२, गुर्जुधारा बस्ने चितवन घर भएका २५ वर्षीय सुवास गमालकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
