बालिका बलात्कार आरोपमा दुईजना पक्राउ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस १० शुक्रवार ०७:५३ बजे

बालिका बलात्कार आरोपमा दुईजना पक्राउ

बर्दिया । बालिका बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका-२, लठहवाका २० वर्षीय युवराज थापा र सोही ठाउँ बस्ने १८ वर्षीय एक किशोर रहेका छन्।

बालिकालाई बारबर्दिया नगरपालिका-१, जोधिपुरस्थित बाटोमा हिँडिरहेको अवस्थामा उनीहरूले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार