काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन मूल्य आज प्रतितोला १ सय रुपैंयाँले बढेको हो ।
आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ९ सयले बढेको थियो । यस्तै मंगलबार ३ सयले घटेको थियो भने बुधबार ९ सयले घटेको थियो । विहिबार १ सयले बढेको सुन आज पनि १ सयले नै बढेको छ ।
गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला १ सय रुपैंयाँले घटेको थियो । मंगलबार पनि सुन प्रतितोला १ सय रुपैंयाँले नै घटेको थियो । बुधबार सुन ८ सयले बढेको थियो । विहिबार ४ सयले बढेको थियो । शुक्रबार ८ सयले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार २ सय र तेजाबी सुनको मूल्य ९३ हजार ७०० कायम रहेको छ ।
चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी आज प्रतितोला १ हजार २८० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
