थप ६१३ जनामा काेराेना संक्रमण, ७३९ जना डिस्चार्ज, ५ जनाकाे मृत्यु


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस ९ बिहीवार १०:२५ बजे

थप ६१३ जनामा काेराेना संक्रमण, ७३९ जना डिस्चार्ज, ५ जनाकाे मृत्यु

काठमाडौं । नेपालमा आज थप ६१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा ७३९ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ४७ हजार ४०० पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ८ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

यस्तै हिजाे नेपालमा ७४३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।


प्रतिक्रिया

सम्बन्धित समाचार