९ सय रूपैयाँले घट्यो सुनकाे मूल्य


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस ८ बुधवार ०५:२५ बजे

९ सय रूपैयाँले घट्यो सुनकाे मूल्य

काठमाडौं । सुनको मूल्य आज प्रतितोला ९ सय रूपैयाँले घटेकाे छ ।

मंगलवार छापावाला सुन प्रतितोला ९४ हजार ९ सयमा काराेबार भएकाे थियो भने आज तोलामा ९ सयले घटेर प्रतितोला सुन ९४ हजार कायम भएकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९३ हजार ५ सय रहेको छ ।

बुधवार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेकाे छ । मंगलवार चाँदीको प्रतितोला १३ सय १५ रूपैयाँमा काराेबार भएकाे थियाे । त्यस्तै आज प्रतितोला १२ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार