प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार नाघ्यो, चौबीस घण्टामा सयजना डिस्चार्ज


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस ७ मंगलवार १२:४० बजे

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार नाघ्यो, चौबीस घण्टामा सयजना डिस्चार्ज

विराटनगर । पछिल्लो चौबीस घण्टामा प्रदेश सयजना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआइसोलेसनबाट ९३, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४ र विराट मेडिकल कलेजबाट तीनजना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ४९५ पुगेको छ ।

प्रदेश १ मा मंगलबार ६३ जना संक्रमित थपिएका छन् । मोरङमा ३३, सुनसरीमा १८, झापामा तीन, उदयपुर र तेह्रथुममा २-२ र प्रदेश एकबाहिर पाँचजनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा २३, बूढीगंगामा ४, बेलबारी, कानेपोखरी, रंगेली, धनपालथान, कटहरी र सुनवर्षीमा १-१, सुनसरीको धरानमा ११, इटहरीमा ३, इनरुवा, गढी, दुहबी र रामधुनीमा १-१, झापाको मेचीनगरमा २ र दमकमा १, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १-१, तेह्रथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १-१ र प्रदेश १ बाहिरका पाँचजनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ४८९ पुगेको छ । प्रदेश १ मा मंगलबार ५४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३४ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म दुई लाख ५ हजार ५५० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार