सुनचाँदीको मूल्य घट्यो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस ७ मंगलवार ०५:३९ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । हिजाेकाे तुलनामा आज नेपाली बजारमा सुनको मूल्यमा ३ सय रुपैंयाको घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ३ सय रुपैंयाले घटेर प्रतितोला ९४ हजार ९ सय रुपैंयामा कारोबार भइरहेकाे छ । यस्तै तेजावी सुनको मूल्य ९४ हजार ४ सय रुपैयाँ रहेको छ ।

यसैगरी मंगलबार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेकाे छ । हिजो नेपाली बजारमा चाँदीको मूल्य १३ सय २० रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार