विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस ७ मंगलवार ०४:५९ बजे

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस(काेभिड-१९) काे संक्रमणबाट मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ । बितेको २४ घण्टामा ८ हजार ८९९ काेराेना संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ८ हजार ८३७ पुगेको हो ।

यस्तै मंगलबार विहानसम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ४५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ८५ हजार ९२२ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ४५ लाख ८८ हजार ९४९ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ३४ हजार बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ७ करोड ७७ लाख नाघेको छ ।

हाल विश्वमा २ करोड १४ लाख १५ हजार ५७९ सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ६ हजार २७९ जना गम्भीर बिरामी छन्।


प्रतिक्रिया

सम्बन्धित समाचार