४४ लाख ७८ हजार रूपैयाँ ठगी गरेको आरोपमा पक्राउ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस ६ सोमवार १३:२९ बजे

४४ लाख ७८ हजार रूपैयाँ ठगी गरेको आरोपमा पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा रौतहटको वृन्दावन नगरपालिका-७ हर्शहाका २८ वर्षीय अनिल कुमार पटेल रहेका प्रहरीले जनाएकाे छ। उनले ४४ लाख ७८ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोप छ ।

ओम्नी अटोमोबाईल प्रालि चन्द्रनिगाहपुरको सोरुमबाट किस्ताबन्दीमा ट्याक्टर खरिद गरेका २३ जना किसानहरुको किस्ता वापतको रकम २०७५ साउन १ देखि विभिन्न मितिमा कम्पनीमा बुझाउन भन्नि बुझेको र कम्पनीमा बुझाउनु पर्नेमा नबुझाई ठगी गरेको भन्ने उजुरी अनुसार पटेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका पटेललाई थप अनुसन्धानको लागि अदालतबाट ७ दिनको म्याद थपि नियन्त्रणमा राखिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार