कोरोना महाआतङ्कको विस्तारित स्वरुप


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ साउन ३२ आइतवार ०२:०६ बजे

कोरोना महाआतङ्कको विस्तारित स्वरुप

डा. पूर्ण शाही,प्राकृतिक चिकित्सक- कर्ण बहादुर शाही प्रिन्सिपल पाणिनि स्कुल 

 

विश्वको ७७० करोड जनसंख्यालाई वाध्य पारी भुतो न भविष्य गरिएको अति अलोकपप्रिय एवम् अमानविय अस्त्रका रुपमा लकडाउन लगाएत अन्य मापदण्ड जबरजस्ती लागु गराई मानव जीवननै तहसनहस गर्ने शक्तिले अवश्यपनि सजिलै हार मान्ने पक्षमा छैन । त्यसैले पनि दिनानु दिन एक पछि अर्को डरलाग्दा योजना कार्यान्वयनमा ल्याइएका छन् । यो सम्पूर्ण खेल हेर्दा यस्तो लाग्छ मानौँ स्वास्थ्यका नाममा अति क्रुर, निन्दनिय, गैर कानुनी र हदै सम्मको अपराधिक गतिविधि पनि सजिलै गर्न सकिन्छ भनिकन हौसियका छन् । यसलाई प्रष्ट बुझ्न डब्लुएचओको नियमित पत्रकार सम्मेलेन, मुलधारका सञ्चारमाध्यमका नियमित अतिरञ्जीत प्रशारण सामग्रीहरु र सरकारको आधिकारीक निर्णयहरुनै यस माहाआताङ्क र मान्छेलाई प्यारालाइज्ड गराउने अत्याधुनिक हतियार भएका छन् ।यो विश्वव्यापी षड्यन्त्र स्वरूप जघन्य अपराधको पात्रका रुपमा रहेका मुलधारका सञ्चार माध्यम, स्वास्थ्य मन्त्रालय, केहि सिमित नेताहरु र विज्ञहरुको अभिव्यक्ति यान्त्रिकरुपमा विश्व स्वास्थ्य संगठन जस्तो फ्रड संगठनको आधिकारीक धारणको पुष्टी गर्ने ठेक्कापट्टा लिएर मानव माथि मानवले गरेको अपराधलाई पुष्टी गर्ने दुष्प्रयास अनवरत जारी गर्दै झनै क्रुर रुपमा प्रस्तुत भएका छन् ।

यधपि, यो विचमा भए गरेका अनुसन्धान र तथ्यले कोरोना माहामारी नभइकन एक ठुलो माहाआतङ्क भएको उजागर भएको छ । उदाहरणका लागि कोरोना भाइरस सम्वन्धि यस अवधिमा भएका यथार्त अनुसन्धानहरु एवम् यस विरुद्ध सजिलै सफलता प्राप्त गरी सामन्यीकरण भएका विविध पक्षहरु कहिलल्यै पनि सरकार, सरोकार वाला र संचार माध्यमको सन्दर्भ सामग्री हुन नसक्नु र यस्ता यथार्थ तस्विर,अवस्थालाई सामाजिक सञ्जालवाट डिलीट गर्नु महा षड्यन्त्रको प्रमुख पाटो भएको छ ।

१. कोरोनाको विश्व तथ्याङ्क हेर्ने हो भने करिव १ करोड ४० लाख मानिस विना औषधि सञ्चो भई घर फर्किसकेको समग्रमा ९९५ संक्रमित मध्य केहि नहुने भन्ने प्रमाणित तथ्यनै डर मुक्त हुने प्रमुख आधार होइन र रु साथै, मृत्यूको संख्या ७ लाख ५७ हजार मध्य अनुसन्धानले ९८।८५ कोरोना बाहेकका रोगले भन्ने पुष्टि भएको र १।२५ मात्र शुद्ध कोरोनाका कारणले भनेपछि लगभग ९ हजारमात्र मरेको पुष्टि हुन्छ । यस्तो विषयले कहिले प्रसय पाउने रु यसर्थ, यसलाई चर्चाको माध्यम नबनाउनु र गर्न नसक्र्नु कुन हद्सम्म हाम्रा विज्ञहरुको दास मानसिकता हो रु सञ्चार माथ्यमले आफ्नो यस अमानविय माहाआताङ्कलाई चर्चा नगर्नु पैसा मात्र कमाउने र षड्यन्त्रको सम्भाहक भई आफ्नो शसक्त माध्यमलाई यसरी दुरुपयोग मात्र गर्नु विडम्वना होइन र रु

२. प्रति दिन यो धर्तीमा १ लाख ५० हजार दैनिक मृत्यु हुन्छ , प्रत्येक महिना ४५ लाख मानिसहरूको मृत्यु हुन्छ । यो सात महिनामा करिब ३ करोड ६५ लाख मानिसहरूको मृत्यु भइसकेको छ भने ७ लाख मरे भन्दै संसार बन्द गराएर आतंकित गर्ने रु अन्य सरुवा रोगबाट मात्रै यो ७ महिनामा ८० लाखभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ । भारतमा ७ महिनामा ४८ हजार को मृत्यु भयोे भनेर आतंक मच्चाइरहेका छन् । कति हाँस्यास्पद र बेइज्जत पूर्ण झुठ् छ । जबकि भारतमा प्रतिदिन २५ हजारको मृत्यु हुन्छ, एक महिनामा ७ लाख ५० हजारको मृत्यु हुन्छ भने यो ७ महिनामा त ५० लाख भन्दा बढी को मृत्यु भइसकेको छ जुन प्रत्येक वर्षको तथ्याङ्क हो । के यो तथ्याकंका वारेमा चर्चा हुनु पर्दैन रु

३. नेपालको सन्दर्भमा २४ हजार संक्रमित मध्य १७ हजार विना औषधी सञ्चो भई सजिलै घर फर्केको विषयले खासै चर्चा नपाउनु र यथार्थमा कोरोना ट्याग लगाई मृत्यु संख्या ९१ जना देखाइएकोमा के साञ्चीकै कोरोना हो वा अन्य रोगवाट मृत्यु भएकालाई बलजफ्ती परिक्षण गरि संख्या बढाएको हो भन्ने विषय चर्चा हुनु र्पदैन रु आत्महत्या गरेकोलाई पनि कोरोनाको मृत्यु संख्यामा राख्नु यो भन्दा ठुलो झुठको खेति के हुन सक्छ रु

४. आज नेपाल अधिराज्यभर सम्पूर्ण अस्पतालको संयन्त्र कोरोनाको मात्र परिक्षण गर्ने र अन्य सरुवा रोगनै निर्मूल भएजस्तो परिक्षणनै नहुनु पर्ने हो त रु यो कस्तो विज्ञता र कस्तो उपचार रु यस विचमा अन्य कुनै सरुवा रोग भएकै छैनन् त रु खोइ त यसको पनि परिक्षणहरु गरिएको रु डा। शेर बहादुर पुनका अनुसार यस अवधिमा विगतको आँकडा र सिजन परिर्वतन हुँदा अन्य सरुवा रोगका वारेमा गरिने परिक्षण र रोग निदानमा प्रयोग हुने सम्पुर्ण औषधी करिब बन्द नै भएको छ । यसको अर्थ रोग भनेको मात्र कोरोना हो र अन्य छैन भन्नु के वैज्ञानिक आधार हो रु

५.  २२ वटा राष्ट्रहरु जापान, कोरिया, भुटान, माल्दीभ्स, स्वीडेन, ताइवान लगाएतले कहिले पनि लकडाउन नगरीकन शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधि चलाएमान गराउँदै आफ्ना जनतालाई सजिलै कोरोना मुक्त गर्न सकेको यथार्थका वारेमा विज्ञ भनाउँदाहरु र सञ्चार माध्यमको चासोको विषय सम्म नबनाउनुको रहस्य के हो रु

६.  जोन हँपकिन्स यूनिर्भसिटिकानुसार १८० वटा देशमा पुगेको यो कोरोनाको उत्तर कोरिया, तुर्केमेनिस्तान, यमन, सोलोमान, ताजिकस्थान लगायत १५ राष्ट्रमा कुनै असरनै देखिएको छैन । तुर्केमेनिस्तानको स्थानिय सञ्चार माध्यमका अनुसार उनीहको मुलुकमा शुन्य असर भएकाले कोरोना भाइरस शब्दमानै प्रतिवन्ध लगाएका छन् । मास्क लगाएर घुम्नेलाई प्रहरीले कारबाही गर्छन् । पिसिआर परिक्षण पूर्ण प्रतिवन्ध छ । सामाजिक सञ्जालमा कोरोना सम्बन्धि पोष्टहरु हटाउँदै पम्पप्लेट लगाएत सम्पूर्ण सामाग्रीहरु नष्ट गरेका छन् । समग्रमा आफ्नो मुलुकको मृत्यूदर पनि घटाएका छन् । यस्ता फरक अभ्यासका विषयमा चर्चा सम्म नगर्नु कुन हद सम्मको दास मानसिकता हो । के हामि सांच्चिकै सार्वभौम राष्ट्र हौं रु

७.  बुरुण्डीले त डब्लुएचओ भनेको लुटेराहरुको संगठन हो भनेर सम्पूर्ण कोरोनाको प्रयोगलाई लात मार्दै डब्लुएचओका प्रतिनिधि समेतलाई देशबाटै लखेटिसके भने अहिले सम्म बुरुण्डीमा जम्मा १ जनाको मात्र मृत्यु भएको छ । तान्जानियाका राष्ट्रपति आफैमा रसायन शास्त्रमा विद्यावारिधि गरेका डा। जोन मागुफुलीेले शुरुदेखिनै डब्लूएचओे भनेको सबैभन्दा ठूलो जालसाजीगर्ने संस्था हो भन्ने गम्भीर आरोप लगाएका छन् । कारण, कोरोनाका नाममा तर्साइएपछि काँक्रा, लौका, घोडा, खर्बुजामा कोरोना टेष्ट गर्न लगाएर पोजिटिभ आएपछि डब्लूएचओको आदेश लत्याएर आफ्नै मौलिक तरिकाले कोरोनालाई तान्जानियाले सजिलै सिध्यायो । हाल सम्म कोरोनाबाट तान्जानियामा २१ जनाको मात्र मृत्यु भएको छ ।
मडगास्करका रास्ट्रपतिले डब्लुएचओले लकडाउन गर्न दिएको घुष २० मिलियन डलरलाई लात मार्दै सम्पूर्ण मेडिकल इक्विपमेन्ट टेष्ट किट औषधि हरुलाई नै हटाएर हाम्रो आयुर्वेद जस्तै आफ्नो मौलिक उपचार पद्धति प्रयोगमा ल्याएर कोरोना माथि सजिलै नियन्त्रण गरिसकेको र आफ्नो वरिपरिको छिमेकि मुलुकलाई समेत यही औषधि वितरण गरेर सबैलाई सुरक्षित बनाउन सफल छ भने अहिले सम्म मडगास्करमा जम्मा १६२ जना मात्रको मृत्यु भएको छ । यस्ता सफल कथाहरु हाम्रो सन्दर्भमा चर्चा सम्म पनि नर्गनु, वेइमानी होइन र रु

८.  भियतनामले डब्लुएचओको सिफारिसलाई अस्वीकार गर्दै आफ्नै मौलिक परम्परागत उपचार र डा विश्वरुपराय चौधरीको उपचार पद्धति अपनाउँदा १० करोड जनसंख्या भएको भियतनाममा मृत्यु संख्या अहिलेसम्म जम्मा २१ जना मात्रको मृत्यु भएको छ ।

९.  अहिले सम्म करिव दुई करोड १० लाख संक्रमित पुगी सक्दा पनि विद्यालय उमेर समुहका वालवालिकाहरुमा संक्रमणनै नदेखिनुको प्रमुख वैज्ञानिक आधारका वारेमा चर्चा र विवेचना नहुनुको कारण स्कुल,कलेज खोलेमा विद्यार्थीमा संक्रमण नदेखिने भएपछि पोल खोलीने कारणले कदापि खुल्न नदिने प्रपञ्च चलाएकै छन् ।

१०.  यस कोरोना अवधिमा अति संक्रमित र प्रभावित भएको मुलुकको रुपमा दर्ता भएका यूके, अष्टे«लियामा लकडाउनलाई लागु गर्दा पनि आधारभुत पक्षहरु सार्वजनिक यातायात रेल्वे सेवा,विद्यालयहरु र केहि महत्वपूर्ण आर्थिक गतिविधिलाई चलाएमान गराएकालेनै त्यँहाका जनता सामान्यीकरण तिर जान ठुलो मद्दत पुगेको यथार्त हाम्रो सामु छ । यूके अन्र्तगत, इङ्गल्याण्ड, स्कटल्याण्ड र वेल्समा विद्यालयलाई सदैव खुल्ला राखेर हालमा समर भ्याकेशनमा छन् । लकडाउनकै अवस्थामा पनि विद्यालयलाई खुल्ला राख्दा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु, रेलवेमा काम गर्नेहरु, प्रहरी र आर्मीका नानीहरुलाई विद्यालयमा छोडी आफ्नो जिम्मेवारी निभाउन पाए र अन्य अभिभावकका लागि विद्यालयमा आफ्ना वालवालिका पठाउने विकल्प आफैमा रोज्न लगाई अनलाइन वा प्रत्यक्ष सिकाईलाई समानान्तर बढाएकालेनै सिकाईको निरन्तरता कायम गर्दै आज त्यँहाको जीवन सामान्यीकरण उन्मुख छ । अष्टे«लियामा कोभिड–१९ महामारीको शुरुकै दिन देखिनै विद्यालयहरु अनवरत सञ्चालनमा छन् । यद्यपि आंशिकरुपमा लकडाउन गरेका थिए । स्वास्थ्य जस्तै विद्यालय शिक्षा केटाकेटिहरुको सामाजिकिकरण गर्न विद्यालय एक अव्वल माध्यम भएकाले कहिले बन्द नगर्नेमा पुगे । साथै, विद्यालय उमेर समुहका केटाकेटिहरुको रोग प्रतिरोधात्मक क्षमता उच्च हुने भएकाले उनीहरुमा कुनै जोखिम नरहेको भन्दै प्रधानमन्त्री स्कट मोरीसनले आफ्ना जनतालाई वारम्वार सम्वोधन गर्दै ५५ वर्ष भन्दा माथिका र सम्वेदनशिल विद्यार्थी र कर्मचारी वाहेक सवैलाई विद्यालय सञ्लान गरि अध्यय्न अध्यापन जारी राख्न आदेश दिए । हालमा आएर शिक्षामा धेरै प्रगति गरेका अन्य मुलुकहरु चिन लगायत लकडाउन नै नगरेका २३ वटा राष्ट्रहरुले स्कुलहरु स्वत रुपमा सञ्चालनमा ल्याएका छन् ।

११. युरोपमा जर्मनी, बेल्जियम, अष्ट्रीया, फिनल्याण्ड, नर्वे लगायत २४वटा राष्ट्रहरुले विद्यालयलाई खोलि सकेको केहि दिन पछि वालवालिकामा गरिइएको परिक्षणमा कोरोनाको संक्रमण शुन्य भएको रिपोर्ट प्रस्तुत गर्दै अमेरिकाका रिपव्लीकन सिनेटर ¥याण्ड पलले अमेरिकाको नेश्नल इन्स्टीच्यूट अफ इन्फेक्सियस डिजिजका प्रमुख डा। एन्थोनि फौसी र सिमित,सिण्डिकेट विज्ञहरुको ग्रुपले सदैव डर र त्रास मात्र पैmलाउने काम गर्दै स्कुल जस्तो अनवरत् चल्नु पर्ने संस्थाहरुलाई खोल्ने विषयमा नकारात्मक भएको गम्भिर आरोप लगाएका छन् । हालमा आएर अमेरिकामा विद्यालयहरु खुलाइएको छ । लकडाउननै नगरिकन स्वेडन जापान लगायतले त झनै विद्यालयको प्रत्यक्ष शिकाइलाई कहिले पनि वन्द नगरिकन कोरोना माहामारी नभइकन माहाआतकं हो भन्ने प्रमाणित नै गरिसकेका छन् । नत लकडाउननै गरे नत आर्थिक तथा शैक्षिक क्षेत्र वन्द गरे । सतर्कताकासाथ विद्यालयहरु सञ्चालन गर्दै आम जन जीवन सामान्य बनाउँदै कोरोना संगको लडाइमा सजिलै पार पाए । यो विषय आम अभिभावकलाई शु–सुचित गर्नुपर्ने होइन र रु यस्ता फरक र प्रेरणादायी अभ्यासको कहिल्यै चर्चा नगर्नु सरोकारवालाको ठुलो षड्यन्त्र वाहेक के हुन सक्छ रु

१२.  वास्तवमा, चीनको वुहान शहरको सिमित ठाउँमा मात्र त्यो पनि एक हप्ता लकडाउन भयो अन्यथा चीन र चीनद्धारा स्वशासित हङकङमा न त लकडाउननै गरियो न खासै प्रभाव छ । लकडाउन नगर्दा सबै सखाप हुने भए चीनको १४४ करोड जनसंख्यामा कल्पनै नर्गन सकिने मानिसहरुको मृत्यू हुने थियो होला । सात समुन्द्र पारी रकेड लन्चरमा उडेर ईटालीमा मान्छे मार्ने कोरोनाले चिनमा त १४४ करोडमा लकडाउननै नगर्दा त केही नभए पनि ५० करोड मार्नुपर्नेमा ४६ सय मात्र मरेका छन् । यसले के संकेत गर्छ रु जबकि चीनमा दैनिक २७ हजार मानिसहरूको मृत्यु हुन्छ । चाइना भाइरस भनेर व्यापक प्रसारित गरिएता पनि फरक यथार्त भएको सन्दर्भमा मूकदर्शक मात्र हुने हो रु

१३. डब्लुएचओ, विश्व बैङ्क र सयूक्त राष्ट्र संघको सदस्य राष्ट्रहरुले रिण लिँदा देखिनै गरेको लिखितम् प्रतिवद्धतामा आफ्नो स्वाभीमान र सार्वभौमिकता दाउमा राख्नु पर्ने भएछ भने त्यस किसिमको समझौता सार्वजनिक हुनुपर्छ । रिण भनेको अप्ठ्यारो सुल्झाउने र अगाडी बढ्ने एक माध्यम हो । रिण लिँदै बैँकले समझौता गर्दा कतिपय विषय वस्तु बैकंको सुरक्षाका नाममा रिणीलाई हदै सम्म बन्देज हुने प्रावधानमा गर्जो टार्न हस्ताक्षर गराइएको हुन्छ । के सदस्य राष्ट्रहरुको अवस्था यस्तै हो रु हो भने सार्वजनिक हुनु प¥यो ।

अन्त्यमा,
जबरजस्ती कोरोना टेष्ट अनिवार्य गर्नुपर्ने भनेर आतंक मच्चाइरहेका छन् । ४ महिना देखि नागरिकहरुलाई आफ्नो जिविकोपार्जन बाट प्रतिबन्ध लगाएर, आफ्नो छरछिमेकमा समेत हिड्डुल गर्न प्रतिबन्ध लगाएर सबैको मन मस्तिष्कमा डरत्रास सिर्जना गर्दै नागरिकहरूलाई निरीह बनाउँदै गलाउँदै भोक र शोकले तड्पाई–तड्पाई मार्ने अत्याचार जारी छ । आफु बाच्न समेत खर्चपर्च नभएको बेला जबरजस्ती आफ्नै खर्चमा अनिवार्य कोरोना टेष्ट गर्ने भन्दै सर्बसाधारणलाई त आत्महत्या गर्न बाध्य बनाइसकिएको छ भने करिव १५०० जनाको त आत्महत्या गराई सकेको अवस्था छ ।

मृत्यु पश्चात आफ्ना परिवारजन एवं आफन्तजनलाई लाश समेत नदिने प्रमुख कारण मध्य लाशहरुको किड्नी लगायत विभिन्न अंगहरु निकालेर बेच्ने र धन्दा चलाउने सम्मको काम गरिरहेका छन् भन्ने तथ्य सार्वजनिकनै भइसकेको छ । यस्तो निकृष्ट कामको चर्चा गर्नु नपर्ने रुराज्य सम्पूर्ण रुपमा आतंकबादको सिकंजामा फसिसकेको छ । नागरिक र राष्ट्र माथि यस्तो जघन्य अपराधको बिरुद्ध आवाज उठाउनु छोडेर प्रतिपक्ष भनाउदो दल काँधमा काँध मिलाएर आफ्नो हिस्साको कमिशन बढाएर मौका यही हो छोड्नु हुँदैन भन्दै सरकारलाई झनै उक्साएर अगि बढ्ँदै छ् । साथै अन्य सम्पूर्ण दल भनाउँदाहरु कोही पनि यो अत्याचार बिरुद्ध आवाज नउठाइ लुटको साझेदार बनेका छन् ।

कुनै नागरिक अभियान्ता बुद्धिजीवी कोही पनि यो माहाआतंक बिरुद्ध नभएर बरु लकडाउन बढाउ, कोरोना टेष्ट बढाउ, छिटो हाम्रो भागमा कति रकम आयो ल्याउ भन्दै कम्मर कसेर लागेका छन् । बिभिन्न परिचालित पेड एजेन्टहरु दिनरात नागरिकलाई त्रसित गराउन फेसबुक,टुइटर,युट्यूवमा कोरोनाको पोष्ट निरन्तर गरिरहेका छन् । अर्कोतिर सरकारले एक रुपैयाँ खर्च नगरेर ठिक हुने कोरोनाको नाममा ब्रम्हलूट मच्चाउदै ३० अर्ब रुपैयाँ लुटेर स्वाहा पारिसकेका छन् । सयौं अर्ब लुटेर खान छुट्टाएर राखेका छन् । खरबौं रुपैयाँ भन्दा बढी देशको अर्थतन्त्रको सत्यानास गराइसकेका छन् । बिभिन्न संघसंस्थाले कोरोनाको षड्यन्त्र सफल बनाय वापत आफ्नो कमिसन बढाउँदै दैनिक हामीलाई वाच्न मुश्किल गराउँदै लगिरहेका छन । कोरोना माहाआतंक हो भनेर पूर्ण रुपले जगजाहेर भएर यो माहाआतंक बिरुद्ध विश्वव्यापी रुपमा बिरोधको आँधिवेरि आइसक्दा पनि यहाँ भने पेड संघसंस्था देखि सम्पूर्ण पक्ष यो कोरोना माहाआतंकको संयन्त्र स्वरुप रहेको लकडाउन, क्वारेन्टाइन, कोरोना टेष्ट, मास्क, सेनिटाइजर र भ्याक्सिन प्रयोगको निमित्त प्रदर्शन र प्रचार–प्रसार गर्दै आफ्नै नेपालीहरुको धनसम्पत्ति लुट्न र ज्यान लिन कटिबद्ध छन् ।सायद यो आम नागरिकलाई फसाउने पासोबाट षड्यन्त्रका कारिन्दाहरु पनि बच्ने छैनन् भन्ने हेक्का पनि नरहेको होला । अन्त्य, सदैव सत्यको साथमा हुन्छ । अब यसरी नै सम्पूर्ण नेपाल र नेपालीहरुलाई समाप्त पारिरहेको रमिता हेर्दै बस्ने हो वा देश र नागरिक रक्षाको निमित्त प्रतिकारमा उत्रिने हो रु हाम्रा माझ अह्म प्रश्न छन् ।

चेतना भया


प्रतिक्रिया

सम्बन्धित समाचार