मेलम्चीको पानी प्रशोधन भएर वितरण गरिने भएको छ । सुरुङमार्गबाट सुन्दरीजल आउने पानी आयोजनाको प्रशोधन केन्द्रमा प्रशोधन हुने र पानी शुद्ध गरेर काठमाण्डौतर्फ वितरण गरिने आयोजनाका ईञ्जिनियर बर्मलाल राजभण्डारीले बताउनुभयो ।
सुरुङमार्गबाट पानी आईसकेपछि सुरुङको निरिक्षण हुन्छ । ‘पानी सुरुङमा जम्मा हुन्छ अनि सुरुङभित्रको भागको अवस्था विशेषज्ञहरुबाट जाँच हुन्छ’ ईञ्जिनियर राजभण्डारीले भन्नुभयो ।
मेलम्चीको पानी सुन्दरीजलबाट वागमतीमा झर्दा वागमतीको पानीको मात्रा केहि बढेपनि बाढीकै रुप भने नलिने भएको छ । वागमतीमा बाढी आउने आशंका कतिपयले गरेपनि आयोजनाले खटाएर मात्रै पानी वागमतीमा मिसाउने भएको छ । ‘मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा जम्मा गरिसकेपछि आवश्यक मात्रामा वागमती नदिमा झार्न सकिन्छ’ मेलम्ची खानेपानी आयोजनाका ईन्जिनियर राजभण्डारीले बताउनुभयो ।
मेलम्चीको पानी यसरी वागमतीमा झर्छ, भिडियोमा हेर्नुहोस्
