संघीय संसदको भवन यस्तोसम्म बन्यो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ असार १२ शुक्रवार ०२:२५ बजे

संघीय संसदको भवन यस्तोसम्म बन्यो

संघीय संसदको निर्माणाधिन भवनका लागि कामदार अभाव देखिएको छ । सिंहदरबारस्थित पुतली बगैँचामा बन्दै गरेको संसद भवनमा कोरोना प्रभावले गर्दा कामदार अभाव देखिएको हो ।

लकडाउन भन्दा अघिसम्म दैनिक ४ सय ५० कामदारले काम गर्दै थिए । हाल भने दैनिक ४२ जना कामदार खटिने गरेको आयोजनाका डेपुटी म्यानेजर राजेश महर्जनले बताए । ‘लकडाउन अघिसम्म दैनिक चार सय पचास कामदार खटिनुहुन्थ्यो । अहिले हामीसँग ४२ जना हुनुहुन्छ । १२ वटा ब्लक बन्दैछ’उनले भने । काठमाण्डौ उपत्यकामा उपलव्ध कामदार मात्रै हाल संसद भवन निर्माणमा जुटेका छन् । काठमाण्डौ बाहिरबाट आउनुपर्ने कामदारको कोरोनाको पीसिआर रिपोर्ट नभएकाले उनीहरु गृहजिल्लामै अड्किएका छन् ।
बर्षायामको लागि समेत कच्चापदार्थ पहिले नै जम्मा गरेपनि कामदारको अभावले कामले तीव्रता नलिएको उनले बताए । डेपुटी म्यानेजर महर्जनका अनुसार ३ बर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यद्यपी कोरोना भाईरसको महामारी र लकडाउनले आयोजनालाई पनि प्रभाव पारेको उनले बताए ।

संघीय संसदको भवनमा प्रतिनिधिसभा,राष्ट्रियसभा,सभाहल,पुस्तकालय,संसद सचिवालय,राजनीतिक दलको कार्यालय लगायतलाई छुट्टाछुट्टै ब्लक बनाईदैछ ।

सरकारले हाल बार्षिक १५ करोड भाडा तिरेर संसद सञ्चालनका लागि नयाँ बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र लिएको छ । हालसम्म संसद सञ्चालन गर्न करोडौं भाडा खर्च भईसकेको संसद सचिवालयले जनाएको छ । सिंहदरबारमा अब संसदको आफ्नै भवन बनेपछि भने संसद सञ्चालनका लागि सरकारले तिर्दै आएको रकम बचत हुनेछ ।

संसद भवन निर्माण लगायतबारे सम्पूर्ण जानकारी भिडियोमा हेर्नुहोस्


प्रतिक्रिया

सम्बन्धित समाचार