कोरोनाको महामारी सँगै लम्बिरहेको लकडाउनले ज्याला मजदुरी गर्ने लाखौँ मजदुरलाई समस्यामा पारेको छ । सरकारले मजदुर तथा आर्थिक अवस्था कमजोर भएका जनतालाई राहत दिन नसक्दा खान तथा बस्नको समस्याले धेरै मजदुर पिरोलिरहेका छन् ।
लकडाउन ३ महिना पुग्नैलाग्दा सरकारले खु्लाउने सुरसार गरेको छैन । आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि सरकारले छुट्टै राहतको प्याकेज ल्याउन सकेको छैन । जसले गर्दा रोगले भन्दा पनि भोकले धेरैजसो समस्यामा पर्दै गएका छन् । जसमध्येका एक उदाहरण हुन् पाल्पाका दिपक शर्मा ।
उनी बर्षौँदेखि काठमाण्डौमै छन् । काठमाण्डौको कालोपुलमा मासिक ५ हजार भाडा तिर्नेगरी कोठा लिएर बसेको धेरै भईसक्यो । उनी सेक्युरिटी गार्डको काम गरेर जीविकोपार्जन गर्ने भएपनि गत कात्तिकदेखि उनमा एक्कासी उच्च रक्तसञ्चार तथा प्यारालाईसिसको बिमार भयो । टाउकोमा रगत जमेर शल्यक्रिया गर्न नपाएको समस्या अर्कोतर्फ छदैछ । श्रीमती ज्याला मजदुरी गर्थिन् । तर लकडाउनले ज्याला मजदुरी गर्ने काम हुन सकेको छैन भने अर्कोतर्फ श्रीमानको हेरचाहका लागि उनी कोठामै बस्नुपर्ने बाध्यता छ ।
घरबेटीले भाडा मागिरहेपछि तथा आफ्नो तथा श्रीमतीको हालत सहन नसकेर दिपकले २ दिनअघि पानी परेर धोबीखोला उर्लिएको बेला खोलामा हाम फाले । हत्तपत्त देख्नेहरुले उनको उद्धार गरे । तर उनको खुट्टा भाचियो ।
नयाँ जीवन पाएका दिपक केहि सहयोगी मन भेटिए बाच्ने चाहना रहेको बताउछन् ।
सहयोगका लागि सम्पर्क ः दिपक शर्मा, ९८४०९३६७२१,९८२३७१०६१३
भिडियो हेर्नुहोस् ।
