लिपुलेक बहस- ‘गणतन्त्रका मसिहाहरु पूर्वराजा ज्ञानेन्द्र भन्दा राष्ट्रवादी हुन सकेनन्’ -फणिन्द्र नेपाल


  • हरेक न्यूज
  • प्रकाशित मिति : शनि, जेष्ठ ३, २०७७

लिपुलेक बहस- ‘गणतन्त्रका मसिहाहरु पूर्वराजा ज्ञानेन्द्र भन्दा राष्ट्रवादी हुन सकेनन्’ -फणिन्द्र नेपाल

नेपाली भूमि कालापानी,लिपुलेक हुदै छिमेकी मुलुक भारतले चीन जोड्ने सडक उद्घाटन गरेको छ । सडक निर्माणबारे आफूलाई यसअघि थाहै नभएको प्रधानमन्त्री केपी ओलीले बताईरहँदा सरकारले सो क्षेत्र आफ्नै भएको दाबी गर्ने यथेष्ट कुटनीतिक पहल चालेको छैन । जसले गर्दा कोरोना तथा लकडाउनकै बिचमा सडकदेखि सामाजिक सञ्जाल र सदनसमेत केहिमात्रामा तातेको छ ।

सरकारले हालै जारी गरेको आफ्नो नीति तथा कार्यक्रममा भारतले आफ्नो दाबी गरिरहेको उक्त भूभाग नेपालकै भएको र नेपालभित्रै समेटेर नक्सा सार्वजनिक गर्ने बताएको छ । यद्यपी भारतीय समकक्षी नरेन्द्र मोदीसँग यस विषयमा टेलिफोन संवाद गर्नुपर्ने आशा अधिकांश नेपालीले गरेका छन् तर प्रधानमन्त्री ओलीले त्यसो गरिसकेका छैनन् ।

भारतले नेपाली भूमि लिपुलेक,कालापानी,सुस्ता लगायतका क्षेत्रमा अतिक्रमण गरेको घट्ना नयाँ होइन । पटक पटक भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमण भईरहँदा सीमा विवादले दीर्घकालीन् समाधान पाएको छैन । तत्कालिन इष्ट ईण्डिया कम्पनीसँग सुगौली सन्धी हुनुअघिको पूर्वमा टिष्टादेखि पश्चिममा सतलज नदीसम्मको बिसाल नेपाली भूमि नै नेपालले फिर्ता पाउनुपर्छ भन्ने आवाज नेपालमा नउठेको होइन । तर नेपालभित्रकै राजनीतिक दल लगायत अभियन्ताहरुबिचको एकता अभावमा पनि सीमा समस्याको विषय ठूलो स्वरमा छिमेकीसम्म पुग्न सकेको छैन ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विगतदेखि नेपाल भारत सीमाक्षेत्रमा देखिदै आएको समस्याको दीर्घकालीन् समाधान खोज्नुपर्ने मात्रै होइन,सुगौली सन्धीमा गुमेको नेपाली भूभाग समेत फिर्ता हुनुपर्ने माग राख्दै आएको छ । गत नोभेम्बर ०१९ मा भारतले उक्त क्षेत्रलाई आफ्नो भूभाग भन्दै राजनीतिक नक्सा सार्वजनिक गर्दादेखि अहिले सडक खनेर उद्घाटन गर्दासमेत सरकार कुटनीतिक रुपमा खरोरुपमा प्रस्तुत हुन नसकेको ग्रेटर नेपाल अभियानका संयोजक फणिन्द्र नेपालले बताए । ‘तैं चुप मै चुप,देखेर पनि नदेखेजस्तो गर्ने,भोलि इण्डियन एम्बेसी छेउ मैले देखेको थिएँ तर हजुर मैले त भनिन नि भन्दै चुनावमा पैसा चाहियो भन्नेहरु छन्’ उनले भने ।

लिपुलेक,कालापानी क्षेत्रको सीमा समस्या,ग्रेटर नेपालको सपना,भारतले नेपाली भूमि हुदै सडक निर्माण गरेको प्रसंग,नेपाल सरकारबाट हुनुपर्ने कुटनीतिक पहल तथा सीमा विवादको दीर्घकालीन् समाधानबारे हामीले उनै फणिन्द्र नेपालसँग कुरा गरेका छौँ ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक नेपालसँग गरिएको कुराकनीको पहिलो खण्ड यहाँ हेर्न सक्नुहुनेछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट