फेरि ९ जनामा कोरोना भेटियो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ जेठ २ शुक्रवार ०३:२१ बजे

फेरि ९ जनामा कोरोना भेटियो

थप ९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालभित्र कोरोनाबाट संक्रमित व्यक्तिको संख्या २५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहानै जारी गरेको विज्ञप्तीमा नयाँ संक्रमित ९ जना पुरुष रहेको जनाएको छ । जसमध्ये ८ जना बाँकेका छन् । बाँकेको नैनापुर वडा नम्बर एक,तीन र पाँचका १८ बर्षदेखि ३६ बर्षसम्मका ८ जनालाई कोरोना देखिएको हो । बाँकी एकजना भने मकवानपुरका ३७ बर्षीय पुरुष हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ र भेरी अस्पताल नेपालगंजमा गरिएको जाँचमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट