लकडाउनमा मेलम्चीको पानी काठमाण्डौ ल्याउने चटारो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ जेठ १ बिहीवार १०:५७ बजे

लकडाउनमा मेलम्चीको पानी काठमाण्डौ ल्याउने चटारो

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना काठमाण्डौमा ल्याउन घरघरमा जोड्ने पाईप बिच्छ्याउन थालिएको छ । काठमाण्डौको चावहिल क्षेत्रमा आयोजनाको पाईप बिच्छ्याउने तथा बिजुलीको पाईपलाई पनि भूमिगत गर्ने कामले तीव्रता पाएको छ ।

लकडाउन रहेपनि राष्ट्रिय गौरबका आयोजना सञ्चालन भईरहेका छन् । मेलम्ची खानेपानी आयोजनाको काम कालिका कन्ट्रक्सन तथा बिजुली लगायतको तार भूमिगत गर्ने काम नेपाल विद्युत प्राधिकरणले गरिरहेका छन् ।

काम जारी रहेपनि सामाजिक दुरी कायम राखिएको कामदारहरुले बताएका छन् । निर्माण क्षेत्रमा खटिएका इन्जिनियरका अनुसार एकबर्षभित्र काठमाण्डौको घरघरमा पानी पुग्नसक्ने सम्भावना बढेर गएको छ । यद्यपी लकडाउनले पर्याप्त कामदार तथा कच्चापदार्थ नपाइएको ठेकेदारहरुले बताएका छन् ।

यसरी काम भईरहेको छ,भिडियो हेर्नुहोस्


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट