लकडाउनले थिचिएका भाईरल हेमराज उर्फ च्याण्टे


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ जेठ १ बिहीवार ०४:४२ बजे

लकडाउनले थिचिएका भाईरल हेमराज उर्फ च्याण्टे

तनहुँका हेमराज भुजेललाई गाउँलेले बोलाउने नाम हो च्याण्टे । उनी असाध्यै रमाईलो मान्छे हुन् । अरुलाई हसाउँछु भनेर होइन उनको बोलीचाली,कलाले मान्छेलाई स्वतस्फूर्त हाँसो उठ्छ ।
घरमा उनका बा सिकिस्त बिरामी छन् । एक सुर्को बारीमा आमा खनखान गर्छिन् र उब्जनी लगाउछिन् । तर केहि महिनाबाहेक खानै पुग्दैन । अर्मपर्म गर्दै भएपनि आमाले घरपरिवार धानिरहेकी छन् ।
च्यान्टे भने गुलेली बोकेर चरा मार्न भन्दै कहिले जंगल पस्छन् त कहिले कता डुल्छन् । घरको काममा कहिलेकाही सघाउने भएपनि उनलाई घरको काम के हो,गर्नुपर्ने के हो भन्ने खासै हेक्का छैन । तरपनि बुबा बिरामी भएकोमा उनी चिन्तित छन् ।
उनी सामाजिक सञ्जालमा भाईरल भएका छन् । उनी मज्जाले गीत गाउछन् र मादल बजाउछन् । उनका दाजु बिदेशमा छन्,घरमा भएकी भाउजु २ जना बच्चा छोडेर पोइल गइन् । भएको कान्छो छोरो च्यान्टे देखेर सबैले खिसीटिउरी गर्छन्,रमाईलो मान्छन् । जत्तिको पीडा च्यान्टेका बाआमाले सहेका छन् । परिवारको अवस्था देखेर च्यान्टे पनि दुःखी अनुहार बनाउछन् तर उनले गर्नसक्ने केहि छैन ।
उनी सामाजिक सञ्जालमा भाईरल त भए तर दुर्भाग्यबश उनको पारिवारिक पीडाप्रति सहानुभुति जनाउने धेरै भएपनि आर्थिक सहयोग गर्ने अहिलेसम्म कोहि भेटेका छैनन् । कोरोना भाईरस तथा लकडाउनको प्रभाव विश्वभरी भएकाले मनकारी नेपाली दाजुभाई दिदीबहिनी देशदेखि विदेशसम्म भएपनि उनलाई सहयोग गर्ने कसरी भन्ने अन्योलमा परे । बैंकिङ कारोबार बन्द भयो भने आवतजावत गर्ने वातावरण पनि सहज भएन ।
अहिले च्याण्टेको परिवारलाई जतिसक्दो आर्थिक सहयोग आवश्यक देखिन्छ । केहि पैसा जम्मा गर्नसके बा को उपचार गर्ने र ऋणैऋणमा बेरिएको परिवारको घाउमा अलिकति मल्हम लगाउने आशा च्याण्टेको ‘इनोसेन्ट’ अनुहारले प्रष्ट छचल्क्याउछ ।
यहाँसम्म जतिले यो कुरा पढ्दै आउनुभयो,कृपया यो समाचार र भिडियोलाई धेरै भन्दा धेरै सेयर गरेर र आफूले पनि सहयोग गर्न सक्नुहुनेछ ।
जसको लागि सम्पर्क नम्बर ९८०३३८९०६० मा सम्पर्क गर्न सक्नुहुनेछ ।
च्याण्टेको कला तथा उनको परिवारको स्थितिबारे यो भिडियोमा हेर्न सक्नुहुनेछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट