दैनिक सडकका डेढ सय कुकुरलाई खाना खुवाउने रुपकदाईको यस्तो छ पीडा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ वैशाख २६ शुक्रवार ०६:५८ बजे

दैनिक सडकका डेढ सय कुकुरलाई खाना खुवाउने रुपकदाईको यस्तो छ पीडा

उनी आफै गम्भिर स्वास्थ्य समस्यामा छन् । आफुले बोकेको रोगबारे उनी बताउन चाहदैनन् । मोबाईलको कभर बेचेर आएको पैसाले सडकका कुकुरलाई मासुभात र बिस्कुट खुवाउछन् । उनी हुन् घरबारबिहिन् रुपक दर्शनधारी ।

कुकुरको सेवा गर्नकै लागी उनले आफ्नो घरबार छोडे । काठमाण्डौकै रैथाने भएपनि छुट्टै डेरा लिएर बसेका छन् उनी ।
लकडाउनले उनको मोबाईलको कभर बेच्ने व्यापार ठप्प छ । हुन त उनले हनुमानढोकास्थित कालभैरब मन्दिरअगाडी सडकमै बसेर व्यापार गर्ने हुन् । तर त्यो पनि अहिले हुन सकेको छैन । आफुसँग बचेकुचेको दुईचार पैसाले भएपनि उनले निरन्तर सडकका कुकुरलाई मासुभात तथा बिस्कुट खुवाईरहेका छन् । कुकुर मात्रै नभएर परेवा लगायत भेटेजति पशुपंक्षीलाई चारो तथा खाना खुवाउने यी रुपक दर्शनधारीको कहानी मर्मस्पर्शी छ ।

उहाँसँगको कुराकानी भिडियोमा हेर्न सक्नुहुनेछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट