अन्तराष्ट्रिय मैथिली सम्मेलन राजविराजमा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७४ असोज २६ बिहीवार ०७:५४ बजे

अन्तराष्ट्रिय मैथिली सम्मेलन राजविराजमा

राजविराज,

२६ असोज

सप्तरीको सदरमुकाम राजविराजमा पुनः अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको आयोजना गरिने भएको छ ।

अन्तर्राष्ट्रिय मैथिली सम्मेलन समितिको आह्वान तथा राजविराजको मैथिली साहित्य परिषद्को आयोजनामा आगामी पुस ७ र ८ गते मैथिली सम्मेलन हुने निर्णय भएको छ ।

राजविराजस्थित मैथिली परिषद् भवनमा भारतको सम्मेलन समितिका पदाधिकारी र परिषद्का पदाधिकारीसहित पूर्वअध्यक्षबीच सम्पन्न संयुक्त बैठकले सम्मेलनका लागि आवश्यक तयारी अविलम्ब अगाडि बढाउने निर्णयसमेत भएको मैथिली परिषद्ले जनाएको छ ।

बैठकले अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको आयोजक मैथिली साहित्य परिषद् भएकाले भारतको समितिसँग समन्वय गरी सम्पूर्ण गतिविधि अगाडि बढाउने निर्णय गरिएको छ । भारत, नेपाललगायत अन्य देशका करिब २०० मैथिली भाषाविद्, साहित्यकार, अभियानी, अन्वेषणकर्ता प्रतिनिधिको सहभागिता रहने मैथिली परिषद्का सचिव श्यामसुन्दर यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्मेलनको पहिलो दिन पुस ७ गते मिथिला पहिरनसहित सांस्कृतिक एवं परम्परागत झाँकीका साथ शोभायात्रा निकालिनेछ ।

कार्यक्रममा सम्मेलन स्मारिका, पुस्तक विमोचन, मिथिला र मैथिलीका लागि विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई मिथिलारत्न प्रदान गरिने लगायतका कार्यक्रम गर्ने बताइएको छ ।  रासस


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट