
भक्तपुर, २० फागुन ।
आउँदो वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनका कारण कक्षा ११ को अन्तिम परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा समितिको आज बसेको बैठकले २०७४ सालको कक्षा ११ को परीक्षा सञ्चालन मिति पछि धकेलेको बोर्डका सदस्य–सचिव डिल्ली रिमालले जानकारी दिनुभयो ।
बोर्डले आउँदो वैशाख २४ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन गर्ने गरी सार्वजनिक गरेको परीक्षा तालिका परिवर्तन गरी आउँदो असार १ गतेदेखि ११ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको रिमालले जानकारी दिनुभयो । बोर्डले कक्षा १२ को परीक्षा भने पूर्ब प्रकासित मिति वैशाख १० देखि २२ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।